कुचबिहार: बेरोजगार युवालाई रोजगारी, योग्यताका आधारमा पारदर्शी नियुक्ति, सरकारी कर्मचारीलाई उचित भत्ता भुक्तानीलगायत विभिन्न मागलाई लिएर भारतीय जनता युवा मोर्चाले कुचबिहार सहरमा विरोध र्याली निकालेको छ। उक्त र्यालीमा भाजपा जिल्ला महासचिव अजय साह, भाजपा जिल्ला युवा मोर्चाका जिला अध्यक्ष कुमार चन्दनारायण, भाजपा जिल्ला महासचिव मिन्टी ईश्वर लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। यस दिन कुचबिहारस्थित भाजपाको जिल्ला कार्यालयबाट सुरु भएको विरोध र्याली शहरको परिक्रमा गरी कार्यालयमा पुगेर समाप्त भएको थियो। यस विरोध र्यालीमा ठूलो संख्यामा भाजपा कार्यकर्ताहरू सहभागी थिए।










