बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगः सेण्ट जोसेफ्स कलेजको एकतर्फी जीत

IMG-20230706-WA0359.jpg

६ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा सेण्ट जोसेफ्स कलेजले ठूलो अन्तरले जीत हासिल गऱ्यो। स्थानीय लेबोंग स्टेडियममा बिहीवार खेलिएको म्याचमा सेण्ट जोसेफ्स कलेजले सेण्ट रोबर्ट्स हाई स्कूललाई ८-०-ले पिट्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट देव राई र राज थापाले ह्याट्रिक (३-३ गोल) गरे। यसबाहेक अनिश छेत्री र निश्चल कार्कीढोलीले १-१ गोल गरे। सेण्ट रोबर्ट्स हाई स्कूलले यसअघि संकटा फूटबल क्लब विरुद्ध म्याचमा पनि ८ गोल खाएको थियो। आजको म्याचमा रेफरीको भूमिका रमेश राईले निर्वाह गरेका थिए।

यसरी सहायक रेफरीको भूमिकामा दीपक छेत्री र उज्जवल राई रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement