बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगः युनाइटेड फूटबल क्लब दार्जीलिङ विजयी

photocollage_2023719181015154.jpg

१९ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा युनाइटेड फूटबल क्लब दार्जीलिङले जीतको क्रम जारी राख्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा बुधवार खेलिएको म्याचमा युनाइटेड फूटबल क्लब दार्जीलिङले हर्सिंग फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट नयन प्रधान र गणेश लिम्बुले गोल गरे। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement