‘बेटी बचाओ बेटी पढाउ’ अन्तर्गत बास्केट वल प्रतियोगिता आयोजित

IMG-20240612-WA0236.jpg

गान्तोक: केन्द्र सरकारद्वारा शुरू गरिएको बेची बचाउ बेटी पढाऔ कार्यक्रम अन्तर्गत आज मंगन जिल्लामा महिला एवम वाल विकास विभागको पहलमा बास्केट वल प्रतियोगिता आयोजना गरियो। यस अवसरमा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने नर्थ सिक्किम एकादमीका निर्देशक नामग्याल फुन्छो काजी लगायत अन्यहरू पनि सामेल रहेका थिए। आजको पहिलो खेल नर्थ सिक्किम एकादमी बनाम मंगन स्कूलबीच रहेको थियो जसमा मंगन स्कूल विजयी बन्यो। विशेष गरेर महिलाहरूलाई खेलकूद प्रति प्रोत्साहित गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो। सोही क्रममा दोस्रो खेल एनएसए बनाम महिला एवम वाल विकास विभागबीच सम्पन्न भएको थियो जसमा महिला एवम वाल विकास विभाग विजयी बन्यो। सबै सहभागीहरूलाई ट्रफी वितरण र सबै अतिथिहरूलाई प्रशंसा चिन्ह प्रदान गर्दै कार्यक्रम समापन भएको थियो। जिल्लापाल छेत्रीले महिला एवम वाल विकास विभागलाई यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्दै बधाई दिए।

About Author

Advertisement