बेंगलुरु र चण्डीगढ़मा समय बिताउने ईंग्ल्याण्डले

IMG-20240226-WA0200.jpg

राँची: भारत विरुद्ध ७ मार्चदेखि धर्मशालामा शुरु हुने सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच अघि ईंग्ल्याण्ड टेस्ट टीमका सदस्यहरूले एक हप्ताको ब्रेकको अवधि चण्डीगढ़ र बेंगलुरुमा समय बिताउनेछ। चौथो टेस्ट म्याचमा ५ विकेटले हारपछि ईंग्ल्याण्डले १-३-ले पछाड़िएर सीरीज गुमाइसकेको छ। यसअघि दोस्रो र तेस्रो टेस्ट म्याचबीच लामो ब्रेकको अवधि ईंग्ल्याण्डको पूरा टीम अबु धाबी गएको थियो। सीरीजको निम्ति भारत आउन अघि पनि बेन स्टोक्सको कप्तानीमा रहने टीमले अबु धाबीमा अभ्यास गरेको थियो। यसपाली चाहिँ खेलाड़ीहरूले सीरीजको अन्तिम टेस्ट अघि समय बिताउन चण्डीगढ़ र बेंगलुरु चयन गरेका छन्। ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी) – द्वारा जारी बयानमा भनिएको छ, पाँचौं टेस्ट म्याच अघि टीमले चण्डीगढ़ र बेंगलुरुमा समय बिताउनेछ। टीम टेस्ट म्याच शुरु हुन लगभग तीन दिन अघि (४ मार्च) धर्मशाला पुग्नेछ।

About Author

Advertisement