बून इङ्गलिश स्कूलका आईसीएससी परीक्षार्थीहरु शतप्रतिशत उतीर्ण

IMG-20220719-WA0150.jpg

कालचिनी: यस बर्षको आईसीएससी परीक्षाफलमा यसपाली कालचिनी खण्डको हेमिल्टनगञ्जमा स्थित बून इङ्गलिश स्कूलका विद्यार्थीहरुले अब्बल परिणाम ल्याएर परीक्षा उत्तीर्ण गरेकोमा स्कूलका डाइरेक्टर पवन कुमार सिंह झाँ र प्रिन्सिपल तथा स्कूल एडमिनिस्ट्रेटर ममता घिसिङले उतीर्ण विद्यार्थीहरु लगायत स्कूलका शिक्षक टीम एवम् अभिभावकहरुलाई शुभकामना व्यक्त गरेका छन‌।
यस बर्ष २०२२ को आईसीएससी परीक्षार्थीहरु जम्मा ६३ जनाले परीक्षा दिएका थिए भने यसमध्ये ११ जना विद्यार्थीहरु क्रमैले पृथ्वीराज बन्दोपाद्यायले ९८ प्रतिशत, पुनित कुमार झाँ‌ ले ९६.६ प्रतिशत, अंकुर नौबागले ९४ प्रतिशत, प्रतिक प्रमाणीकले ९२ प्रतिशत, अनमोल लामाले ८९.२ प्रतिशत, अभिक सेनले ८७ प्रतिशत, प्रत्युषा दासले ८६ प्रतिशत, मोहित विस्वकर्माले ८५, सुयोग साहले ८५ प्रतिशत, अनिशा सार्कीले ८०.२ प्रतिशत र प्रियंका ठाकुरले ८० प्रतिशत अब्बल अंक हासिल गरेर स्कूलको सुनाम गरेको छ भने समग्रमा ५० जनाले फर्स्ट डिभिजनमा र १३ जनाले सेकेन्ड डिभिजन गरी जम्मै ६३जनाले आईसीएससी परीक्षा उत्तीर्ण गरेको स्कूलका प्रिन्सिपल ममता घिसिङले जनाएकी छन।
यस भन्दा अघिको आईसीएससी परीक्षार्थीहरुले पनि धेरै अब्बल परिणाम ल्याएर स्कूलको सुनाम गरेको र यस बर्ष कोभिडकाल पश्चात अफलाइन परीक्षामा विद्यार्थीहरुले राम्रो मात्र नभएर अब्बल प्रदर्शन गरेकोमा धेरै सन्तोष महशुस गरेको प्रिन्सिपल ममता घिसिङले बताएकी छन।
स्कूलको प्रदर्शन दर अझै राम्रो गर्ने लगातार प्रयासबीच स्कूलको आधारभूत संरचनालाई आधुनिक डिजिटल ढाँचासम्मत पद्धतिमा ल्याउन जम्मै कक्षाहरुमा एलसीडी लगाईएको जसमार्फत डिजिटल कक्षा गरिने पनि बून इङ्गलिश स्कूलका डाइरेक्टर तथा चेयरम्यान पवन कुमार सिंह झाँ र प्रिन्सिपल एडमिनिस्ट्रेटर ममता घिसिङले थप जनाएका छन।

About Author

Advertisement