सिलगुढ़ी: उत्तर बंगाल राष्ट्रिय परिवहन निगम (एनबीएसटीसी) मल्लागढ़ी बस डिपोको नवीनीकरण हुन गइरहेको छ। मुख्यमन्त्री ममता ब्यनर्जीले यसको भर्चुअली शिलान्यास गर्नेछन्। डिपो नवीनीकरण कार्यको लागि १ करोड़ ५ लाख २५ हजार ८२९ रुपियाँ आवन्टन गरिसकिएको छ।
एनबीएसटीसीका अध्यक्ष पार्थ प्रतिम रायले यसबारे जानकारी गराउँदै भने, सिलगढ़ीको मल्लागढ़ीस्थित एनबीएसटीसी डिपोको पर्खाल ४० वर्ष पुरानो भयसकेको छ। वर्षौंदेखिको मरम्मत नभएको कारणले पर्खालको एक भाग भत्किएको छ। यसैले डिपोको नवीनीकरण भइरहेको छ। उनले भने, शिलान्यासपछि टेण्डर प्रक्रियाको माध्यमबाट काम द्रूत गतिमा शुरू गरिनेछ। यसरी नै सिलगढ़ी मण्डल प्रबन्धक श्यामल सरकारले भने, डिपोमा कुल १४० वटा बसहरू छन्। एनबीएसटीसी डिपोको पर्खाल अनि भुइँको नवीनीकरण होस् भन्ने सबै चाहन्छन्।










