भद्रपुर:१६ वर्षसम्म सेवा दिएर बुद्ध एयरको एउटा जहाजले व्यावसायिक उडानबाट बिदा लिएको छ। बुद्ध एयरले आफ्नो एटीर-४२ ‘९एन-एआइएन’ जहाज उडाउन बन्द गरेको छ। यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ। ७० हजार साइकल पूरा गरेपछि व्यावसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो। यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ।











