बुदाङ निम्न माध्यमिक विद्यालयको 6 दिवसीय स्वर्ण जयन्ती आरम्भ

IMG-20230331-WA0208.jpg

गान्तोक: चुम्बुङ बुदाङ निम्न माध्यमिक विद्यालयको ६ दिवसीय स्वर्ण जयन्ती आजदेखि शुरू भयो। प्रथम दिनको कार्यक्रममा सोरे्ङ च्याखुङ क्षेत्रका विधायक, एवं स्वर्ण जयन्ती कार्यक्रममा प्रमुख संरक्षक अदित्य गोले मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक गोलेले विद्यालयले आफ्नो स्थापनाको ५ दशक पुरा गरेकोमा विद्यालयका विद्यार्थीगण, शिक्षक शिक्षिकाहरूलाई बधाई दिए। उनले यो विद्यलयलाई योगदान दिने विभिन्न दिंवागत आत्माहरूलाई नमन गर्दै श्रद्धाञ्जली अर्पण गरे। सोरेङ समष्टि अन्तर्गत चुम्बुङ क्षेत्रले विकासका कार्यहरूमा धेरै योगदान पुऱ्याएको उल्लेख गर्दै सरकारले भावी दिनमा यस क्षेत्रको विकास गर्नको निम्ति धेरै योजना बनाएको जानकारी गराए। यसका साथै सोरेङ- च्याखुङ समष्टिमा शिक्षाको क्षेत्रमा धेरै कार्यक्रमहरू आयोजन गर्ने जानकारी गराए।यस क्षेत्रका विद्यार्थीहरूलाई शीघ्र लिएर करिअर काउन्सिलिङ कार्यक्रम आयोजन गर्ने उनले घोषणा गरे। क्षेत्रका विद्यार्थीहरूलाई आगामी दिनमा खेलकुद अनि अन्य क्षेत्रमा अघि बढ़ाउने उद्देश्यले विभिन्न योजनाहरू पनि अघि ल्याउने अदित्य गोलेले प्रतिवद्धथा व्यक्त गरे। अब विद्यार्थीहरूले सरकारी नौकरीको निम्ति मात्र नसोँचेर उद्योग धन्दा अनि सिर्जनात्मक कार्यमा अघि आउनुपर्ने आग्रह गरे। विद्यार्थीहरू सिक्किमको मेरुदण्ड रहेकोले उनीहरूले शिक्षाको महत्वलाई ध्यानमा दिएर शिक्षा आर्जन गर्नु पर्ने आग्रह गरे।

About Author

Advertisement