बुदाङका दश लाभार्थीलाई नयाँ घरको चाबी

IMG-20220521-WA0150.jpg

गान्तोक। सिक्किम राज्यमा एसकेएम सरकारको स्थापनापछि सञ्चालन गरिएको सिक्किम गरीब आवास योजना (एसजीएवाई) बाट घर बिहिन परिवारको घर निर्माण कार्य भइरहेको छ। साढे सत्र लाख रुपियाँको लागतमा सिक्किम सरकारले पहिलो चरणमा तीन हजारभन्दा बढी घर निर्माण गरिरहेको छ जसको सम्पूर्ण कार्य यसै वर्षभित्र पूरा गरेर लाभार्थीहरूलाई जिम्मा दिने लक्ष्य छ। यसैक्रममा पूर्व सिक्किमको रिनाक निर्वाचन क्षेत्रको बुदाङ कमेरे ग्राम पञ्चायतमा यस योजनाबाट निर्माण गरिएका १० लाभार्थी परिवारलाई आज नवनिर्मित घरको चाबी क्षेत्र विधायक विष्णु कुमार खतिवडाले हस्तान्तरण गरे। लाभार्थीहरूलाई घरको चाबी प्रदान गर्न बुदाङ कमेरे ग्राम प्रशासनिक केन्द्रमा सोमबार आयोजित कार्यक्रममा क्षेत्रविधायक विष्णु कुमार खतिवडाको साथमा हाउजिङ बोर्डका अध्यक्ष कर्मा टाशी भोटिया, सिक्किम राज्य सहकारी समितिका अध्.क्ष गान्तोक, २१ मई (हि.स.)। सिक्किम राज्यमा एसकेएम सरकारको स्थापनापछि सञ्चालन गरिएको सिक्किम गरीब आवास योजना (एसजीएवाई) बाट घर बिहिन परिवारको घर निर्माण कार्य भइरहेको छ। साढे सत्र लाख रुपियाँको लागतमा सिक्किम सरकारले पहिलो चरणमा तीन हजारभन्दा बढी घर निर्माण गरिरहेको छ जसको सम्पूर्ण कार्य यसै वर्षभित्र पूरा गरेर लाभार्थीहरूलाई जिम्मा दिने लक्ष्य छ। यसैक्रममा पूर्व सिक्किमको रिनाक निर्वाचन क्षेत्रको बुदाङ कमेरे ग्राम पञ्चायतमा यस योजनाबाट निर्माण गरिएका १० लाभार्थी परिवारलाई आज नवनिर्मित घरको चाबी क्षेत्र विधायक विष्णु कुमार खतिवडाले हस्तान्तरण गरे। लाभार्थीहरूलाई घरको चाबी प्रदान गर्न बुदाङ कमेरे ग्राम प्रशासनिक केन्द्रमा सोमबार आयोजित कार्यक्रममा क्षेत्रविधायक विष्णु कुमार खतिवडाको साथमा हाउजिङ बोर्डका अध्यक्ष कर्मा टाशी भोटिया, सिक्किम राज्य सहकारी समितिका अध्यक्ष सन्तोष कुमार प्रधान, पञ्चायत सभापति कर्मा गिर्मी भोटिया, पञ्चायत सदस्यहरू, बीडीओ लगायत स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो। बुदाङ कमेरे ग्राम पञ्चायतमा सिक्किम गरीब आवास योजनाबाट कुल १६ परिवार लाभार्थी छन् जस मध्येका सबै घरको निर्माण कार्य पूरा भइसकेको बीडीओ इन्द्र बहादुर छेत्रीले जानकारी दिएका छन्। सिक्किम गरीब आवास योजनाबाट लाभार्थी बनेका रिनाक निर्वाचन क्षेत्रका मानिसहरुलाई बधाई दिॅंदै क्षेत्र विधायक विष्णु कुमार खतिवडाले बुदाङ कमेरे ग्राम पञ्चायतमा केही महत्वपूर्ण काम गर्ने घोषणा गरे।

About Author

Advertisement