बुढानिलकण्ठ क्लबलाई पराजित गर्दै टिपटप हेल्प नेपाल सेमिफाइनलमा

IMG-20260101-WA0154

काठमाडौं: एनभीए पुरुष भलिबल च्याम्पियनसिपको पहिलो क्वाटरफाइनलमा बुढानिलकण्ठ भलिबल क्लबलाई पराजित गर्दै टिपटप हेल्प नेपाल सेमिफाइनल प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको क्वाटरफाइनल खेलमा बुढानिलकण्ठ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
टिपटपले बुढानिलकण्ठलाई २५–१३, २५–२३ र २५–१८ ले हराएको हो। आज पुरुष तर्फका सबै क्वाटरफाइनल खेलहरु हुनेछन्।
दोस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र कोशी प्रदेश भलिबल संघबिच हुनेछ। तेस्रो खेलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र नेपाल एपिएफ क्लबबिच हुनेछ। चौथो क्वाटर फाइनलमा त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबिच हुनेछ। महिला र पुरुष दुवैको सेमिफाइनल खेल भोलि हुनेछन्। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।

About Author

Advertisement