बुटवल-गोरुसिंगे सडक पनि चिनियाँ कम्पनीले बनाउने, साढे १३ अर्बमा ठेक्का लाग्यो

IMG-20240606-WA0079.jpg

बुढ़ानिलकंठ(काठमांडू): विभागको विकास सहायता कार्यान्वयन महाशाखाले आयोजनाको पहिलो खण्ड बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएको हो।
चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का पाएको छ।
सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा यसअघि नै डिजाइन तयार भइसकेको छ। पहिलो खण्डलाई पनि टुक्र्याएर ठेक्का लगाइएको छ। दुई चरणमा २५/२५ किलोमिटर सडक विस्तार गर्न लगिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाख रुपैयाँमा ठेक्का लगाइएको हो।
पहिलो खण्डमा सडक विस्तारका साथै सानाठूला ३० वटा पुल निर्माण गरिनेछ। ठेक्का सम्झौता अनुसार विभिन्न स्थानमा १५५ वटा कल्भर्ट तथा ६ वटा अन्डरपास र ओभरपास पनि निर्माण गरिनेछ। सडक विस्तारका लागि तीन वर्षको समय तोकिएको छ। सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको छ। चालु वर्षका लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको थियो।
बुटवलदेखि चनौटासम्मको खण्ड विस्तारका लागि भने डिजाइन तयार गर्नै बाँकी छ। यो खण्डमा तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना छ।
ठेक्का पाएको चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन करिब ८ दशक पुरानो हो। सन् १९५० मा स्थापना भएको शान्सी कन्स्ट्रक्सन चीनको ‘क’ वर्गको निर्माण कम्पनी हो। चीनका उत्कृष्ट ५०० निर्माण कम्पनीको सूचीमा शान्सी कन्स्ट्रक्सन पनि पर्छ।
यो कम्पनीसँग ताइपिङ रिभर ड्याम, सियन इन्टरनेसनल फुटबल सेन्टर, समुद्रमाथि पुल निर्माण लगायत ठूला प्रोजेक्ट बनाएको अनुभव छ।

About Author

Advertisement