बी. बी. मुरिङ्गलाको निधनमा मुख्यमन्त्री तामाङको गहिरो शोक

photocollage_202268231732386.jpg

गान्तोक। सिक्किमका प्रतिष्ठित व्यक्तित्व पद्मश्री पुरस्कारले सम्मानित साहित्यकार बी. बी. मुरिङ्गलाको निधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो शोक व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा पश्चिम सिक्किमको लिङचोम निवासी स्व. मुरिङ्गला लिम्बू साहित्यका एक प्रतिष्ठित लेखक थिए भनी बताएका छन्। उनले लिम्बू भाषा र लिपिको प्रवर्द्धन र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्, जसका लागि उनलाई प्रतिष्ठित पद्मश्री पुरस्कारले सम्मानित गरिएको बताएका छन्।

मुख्यमन्त्रीले साहित्यिक कार्यहरू बाहेक, स्व. मुरिङ्गला एक प्रख्यात गायक/गीतकार र संगीतकारको रूपमा पनि परिचित रहेको बताएका छन्। स्व. मुरिङ्गलाले नेपाली र लिम्बू लोक संगीतमा उल्लेखनीय योगदान दिएका छन् भने उनका गीतहरू आकासवाणीद्वारा प्रसारण गरिन्थ्यो भनी बताएका छन्। मुख्यमन्त्रीले शोक सन्तप्त परिवार र मित्रहरूमा समवेदना व्यक्त गर्दै मृतात्माको चीर शान्तिको निम्ति प्रार्थना गरेका छन्।

About Author

Advertisement