बीरभूम जिल्लामा हतियार र कारतूस बरामद

00-1-Rajya-Samachar-4

कोलकाता: पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)ले भारी मात्रामा हतियारहरू र कारतूसहरू बरामद गरी आरोपित अब्दुल रहीम शेख उर्फ महरूल शेख (पूर्व बर्दवानको केतुग्राम थाना निवासी)लाई पक्राउ गऱ्यो। एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसु अनुसार, शुक्रवार अबेर साझँ यस व्यक्तिलाई बीरभूम जिल्लाको सिउरी थाना अन्तर्गत सिउरी बस स्ट्याण्ड नजिक पक्राउ गरियो। व्यक्तिको तलाशी लिँदा तीन सेमी अटोमेटिक पिस्टल र एक इम्प्रोवाइज्ड पाइप गन बरामद गरियो। पाँच खाली पिस्टल म्यागजिन, ७.६५ एमएमको ६२ गोली र आठ एमएमको ९ कारतूस बरामद गरिएको भएको छ। व्यक्तिसित सोधपुछ जारी छ। -हिस

About Author

Advertisement