१२ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा बीबीएस इलेभेन काटालगुड़ीले क्वार्टर फाइनलमा स्थान बनायो । रामझोड़ा फूटबल मैदानमा मंगलवार खेलिएको म्याचमा बीबीएस इलेभेन काटालगुड़ीले लंकापाड़ा शान्ति क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट जोय रोयले १५औं र सामोल बोरोले ५९औं मिनटमा गोल गरे। एउटा गोल (७८औं मिनट) आत्मघाती रह्यो।

यसरी लंकापाड़ा शान्ति क्लबबाट सीवाई प्रधानले ११औं मिनटमा गोल गरे। विजेता टीमका खेलाड़ी सामोल बोरोलाई हीरो अव् द म्याच चयन गरियो। अब १४ सेप्टेम्बरमा खेलिने म्याचमा उज्जल इलेभेन र ब्रदर्स इलेभेन कालचिनीबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ।

यसरी फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










