बीडब्ल्यूएफ विश्व च्याम्पियनशीपको ड्र जारी, आयुष र शी युकीबीच पहिलो राउण्डमै भिड़न्त

f70a641f-2d2b-4eea-8fd4-69bde29c4e56

नयाँ दिल्ली: बीडब्ल्यूएफ विश्व ब्याडमिण्टन च्याम्पियनशीपको निम्ति भारतीय खेलाड़ीहरूलाई मिश्रित ड्र हासिल भएको छ। एशियन च्याम्पियनशीपका रजत पदक विजेता आयुष शेट्टीले पहिलो राउण्डमै वर्तमान विश्व च्याम्पियन तथा चीनका स्टार खेलाड़ी शी युकीविरुद्ध खेल्नु पर्नेछ। यसरी पीभी सिन्धू र लक्ष्यले शुरुवाती चरणमा अपेक्षाकृत सजिलो प्रतिद्वन्द्वीहरू पाएका छन्। नयाँ दिल्लीको इन्दिरा गान्धी इण्डोर स्टेडियममा १७-देखि २३ अगस्तसम्म हुने यस प्रतियोगिताको आयोजन भारतले १७ सालपछि गरिरहेको छ। पूर्व विश्व च्याम्पियन सिन्धूले महिला एकलमा आफ्नो अभियानको शुरुवात आयरल्याण्डकी सोफिया नोबेलविरुद्ध गर्नेछिन्, जो विश्व ऱ्याङकिंगमा १४१औं स्थानमा रहेकी छन्। ड्र अनुसार सिन्धूको पदक राउण्ड अघि विश्वकी नम्बर एक खेलाड़ी एन से यंग (दक्षिण कोरिया) र वर्तमान विश्व च्याम्पियन अकाने यामागुची (जापान)-सँग भिड़न्त हुनेछैन। यसबीच प्री-क्वार्टर फाइनलमा चाहिँ सिन्धूको तेस्रो वरीयता प्राप्त चीनकी खेलाड़ी वांग झी यी-सँग भिड़न्त हुनसक्छ। यसरी क्वार्टर फाइनलमा इण्डोनेशियाकी छैटौं वरीयता प्राप्त पुत्री कुसुमा वारदानीसँग सिन्धूको भिड़न्त हुनसक्छ। महिला एकलमा उन्नति हुड्डाले पहिलो राउण्डमा म्यांमारकी थेट हतार थुजारविरुद्ध खेल्नेछिन्। विश्व च्याम्पियनशीप २०२१-का काँस्य पदक विजेता लक्ष्य सेनको पहिलो राउण्डमा अष्ट्रियाका कोलिन्स भेलेण्टाइन फिलिमोनविरुद्ध म्याच रहेको छ। त्यहाँबाट अघि बढ़न सफल भए लक्ष्यको प्री-क्वार्टर फाइनलमा दोस्रो वरीयता प्राप्त थाईल्याण्डका कुनलावुत वितिदसर्नसँग भिड़न्त हुनसक्छ।
भारतीय खेलाड़ीहरूमा सबैभन्दा कठिन ड्र आयुष शेट्टीलाई प्राप्त भएको छ। उनको पहिलो म्याच नै चीनका शीर्ष खेलाड़ी तथा वर्तमान विश्व च्याम्पियन शी यूकीसँग रहेको छ। आयुषले अहिलेसम्म शी युकीविरुद्ध ३ वटा म्याच खेलेर सबै हारेका छन् तर हालका म्याचहरूमा चाहिँ उनले चीनका खेलाड़ीलाई कड़ा चुनौती दिएका छन्। पुरुष युगलमा पाँचौं वरीयता प्राप्त सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीलाई पहिलो राउण्डमा बाय प्राप्त भएको छ। दोस्रो राउण्डमा भारतीय जोड़ीको भिड़न्त स्कटल्याण्डका अलेक्जेण्डर डन र एडम प्रिंगल या थाईल्याण्डका चलोएमपोन चारोएनकिटामोर्न र वोरापोल थोंगसा-गा को जोड़ीसँग हुनेछ। मुख्य प्रशिक्षक पुलेला गोपीचन्दले ड्र-लाई भारतीय खेलाड़ीहरूका निम्ति सकारात्मक बताएका छन्। उनले भने, समग्रमा भारतीय खेलाड़ीहरूका दृष्टिकोणले यो असल ड्र रह्यो। पहिलो राउण्डमा सबैभन्दा ठूलो म्याच आयुष शेट्टी र शी यूकीबीचको हुनेछ। आयुषको आक्रामक खेलले उनलाई मौका दिन्छ। त्यस म्याचमा जीत हासिल गर्न सके उनको ड्र सम्पूर्ण रूपले खोलिनेछ। गोपीचन्दको भनाइअनुसार, यसपाली पुरुष एकल वर्ग पहिलाको तुलनामा निक्कै खोलिएको छ अनि कुनै पनि खेलाड़ीको धलिमलि छैन। उनले आयुष शेट्टी र लक्ष्य सेन दुवैसँग पोडियमसम्म पुग्ने मौका रहेको दावी गरे।

About Author

Advertisement