बीडब्ल्यूएफ वर्ल्ड टूर फाइनल्सको सेमिफाइनलमा पराजित सात्विक-चिरागको जोड़ी

IMG-20251221-WA0080

नयाँ दिल्ली: भारतको शीर्ष पुरुष युगल जोड़ी सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टी सेमिफाइनल म्याचमा चीनका लियांग वेई केंग र वांग चांगविरुद्ध पराजित गरी बीडब्ल्यूएफ वर्ल्ड टूर फाइनल्सबाट बाहिर भए। एक घण्टा ३ मिनटसम्म चलेको म्याचमा चीनको जोड़ीले भारतीय जोड़ीलाई १०-२१, २१-१७, २१-१३-ले पराजित गऱ्यो। भारतीय जोड़ीले म्याचको पहिलो गेम २१-१०-ले जिते पनि फर्मलाई कायम राख्न सकेन। उल्लेखनीय छ, सात्विक-चिरागको जोड़ीले चीनको यसै जोड़ीलाई ग्रुप राउण्डमा पराजित गरेको थियो तर सेमिफाइनलमा प्रतिद्वन्द्वी जोड़ीले महत्त्वपूर्ण क्षणहरूमा उत्कृष्ट प्रदर्शन गर्दै जीत हासिल गऱ्यो। यस प्रतिष्ठित टुर्नामेण्टमा भारतीय जोड़ीले ग्रुप राउण्डमा आफ्नो प्रत्येक म्याच जितेको थियो तर सेमिफाइनलमा हारले गर्दा उनीहरूले फाइनलमा स्थान बनाउने पहिलो भारतीय जोड़ी बन्ने मौका गुमायो। सात्विक-चिरागले सालको अन्तमा हुने यस प्रतिष्ठित टुर्नामेण्टको सेमिफाइनलमा पुग्ने पहिलो भारतीय जोड़ी बनेर अगावै रेकर्ड बनाइसकेको छ।

About Author

Advertisement