बीएसएफ जवानलाई नियन्त्रणमा लिएको घटना: उक्साहटमा सीमा पार गरेका भारतीय जवान सकुशल फिर्ता

dec2aecd-43be-4f6b-a7c9-c47133b80f39

​नयाँ दिल्ली: भारत र बंगलादेशको सिमानामा हालै घटेको एक घटनामा बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) का एक जवानलाई बंगलादेशको सीमाभित्रबाट नियन्त्रणमा लिइयो, जसलाई पछि फ्ल्याग मिटिङमार्फत सकुशल भारत फिर्ता गरिएको छ।
​बंगलादेशी सञ्चार माध्यमहरूका अनुसार यो घटना सिलहट जिल्लाको गोवाइनघाट उपजिलाअन्तर्गत बिच्छनाकंडी सीमावर्ती क्षेत्रमा भएको हो। बोर्डर गार्ड बंगलादेश (बीजीबी) को सिलहट बटालियन (४८ बीजीबी) का अनुसार पेट्रोलिङ टोलीले हतियारसहित भारतीय सीमा सुरक्षा बलका एक जवानलाई बंगलादेशको सीमाभित्र भेटाएपछि नियन्त्रणमा लिएको थियो। बीजीबीका कमान्डिङ अफिसर लेफ्टिनेंट कर्नल नूर उद्दीन अहमदले जवानलाई बिच्छनाकंडी बोर्डर आउटपोस्टमा राखिएको र फ्ल्याग मिटिङको माध्यमबाट भारतलाई फिर्ता गरिएको पुष्टि गर्नुभएको छ।
​यस घटनासँगै सामाजिक सञ्जालमा एउटा भिडियो पनि भाइरल भएको छ, जसमा स्थानीय नागरिकहरूको उक्साहटमा परेर बीएसएफ जवान सीमा पार गरेको देखिन्छ। भिडियोमा केही स्थानीय बासिन्दाहरूले उक्साएपछि ती जवानले आक्रोशित हुँदै ‘घरमा घुसकर मारूंगा’ (घरभित्र छिरेर मार्छु) भन्दै सीमा पार गरेको दृश्य कैद भएको छ। यद्यपि, भारतीय पक्षबाट यस विषयमा आधिकारिक रूपमा विस्तृत प्रतिक्रिया आइसकेको छैन तर कूटनीतिक च्यानलहरूमार्फत यो मामिलालाई तत्काल साम्य पारिएको छ।

About Author

Advertisement