बीएसएफले सीमामा २०.५० लाखको सुनको गहनाको साथ तीन बांग्लादेशी यात्री पक्राउ

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) ले पेट्रापोल सीमामा तीन बांग्लादेशी यात्रीहरूलाई ३४० ग्राम सुनका आभूषण समेत पक्राउ गरेको छ। यात्रीहरूले यो गहना बांग्लादेशदेखि भारतमा ल्याउने प्रयास गरिरहेका थिए। जफत गरिएको सुनको अनुमानित दर २०लाख ५३ हजार ६०० रूपियाँ छ।

बीएसएफले जानकारी गराएको छ, अबेर राति पेट्रापोलमा पेसेन्जर टर्मिनलमा ड्यूटीमा तैनात बीएसएफ जवानहरूले तीन संदिग्ध बांग्लादेशी यात्रीहरूलाई देखे। जवानहरूले यात्रीहरूलाई रोके औं उनीहरूको तलाशी लिँदा आभूषण भेटियो। सन्तोषजनक जवाफ नपाउँदा उनीहरूलाई हिरासतमा लिइएको छ। यसपछि बीएसएफ जवानहरूले यात्रीहरूलाई पक्राउ गरे औं सोधपुछको निम्ति चौकीमा लिएर गए। पक्रा परेका यात्रीहरूको पहिचान बांग्लादेशको चटगाउँ निवासी प्रणोतोष धर, बबूल कुमार धर र राहुल चौधरीको रूपमा गरिएको छ।

सोधपुछमा राहुल चौधरीले बांग्लादेशमा उसको ज्वेलरीको दोकान रहेको बतायो। उसले बीएसएफको डरले बसमा बसेका दुई यात्रीलाई केही पैसाको प्रलोभन दिएर सुनका आभूषणहरूलाई दुवैमा बाँड्यो। यसपछि यो सुन भारतमा आएर, कोलकाताको बड़ा बजारमा कुनै अनजान व्यक्तिलाई सुम्पिनुथियो। पक्रा परेका यात्रीहरूलाई जफत गरिएको समानको साथ कस्टम कार्यालय पेट्रापोललाई सुम्पियो।

-हिस

About Author

Advertisement