बीएलके-म्याक्स सुपर स्पेशियलिटी अस्पतालमा सेवारत सिक्किमका नर्सहरूले गरे मुख्यमन्त्रीसॅंग  भेट

n628376420172478038692450619560cdd58a9083ca1a9749b1c3731257947b997e3146b01a6926c5c2033e

गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्ली गएका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग आज सिक्किम हाउसमा नयाँ दिल्लीको बीएलके- म्याक्स सुपर स्पेशियलिटी अस्पतालमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले भेट गरे। यसरी अस्पतालमा सेवारत नर्सहरूसँग भेट गर्न पाउँदा आफूलाई खुशी लागेको मुख्यमन्त्री तामाङले बताएका छन्।

राज्यका हेल्थकेयर प्रोफेसनलहरूले राजधानी दिल्लीमा अमूल्य अनुभव प्राप्त गरेको देख्न पाउँदा खशी लागेको बताएका छन्। उनीहरू उन्नत विशेषज्ञताको साथ सिक्किम फर्केर आउॅंदा निस्सन्देह राज्यलाई लाभ पुग्ने उनले बताएका छन्।

मुख्यमन्त्री तामाङले उनहरूको भविष्यका प्रयासहरूको लागि शुभकामना व्यक्त गर्दै उनीहरूलाई यस महान पेशामा अटल भक्तिका साथ समर्पित सेवा जारी राख्न प्रोत्साहित गरे।

About Author

Advertisement