बाघडुग्रा। आज यहाँको बिहार मोडमा रुखका विरुवाहरू रोप्दै विश्व पर्यावरण दिवस पालन गरियो। पश्चिमबंग विज्ञान मञ्चको दार्जीलिङ शाखा, बाघडुग्रा वन विभाग तथा बाघडुग्रा ट्राफिक गार्डको पहलमा उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रममा वाघडुग्रा वन विभागका बिट अफिसर रोशन प्रधान, ट्राफिक गार्ड स्वपन राय, विज्ञान मञ्चका चञ्चल साहा लगायत अन्यले विभिन्न प्रजातिको रुखको विरुवाहरू रोपे। यस विषयमा चञ्चल साहाले भने, प्रकृति तथा पर्यावरणलाई रक्षा गर्ने उद्देश्य लिएर आगामी दिनमा पनि वृक्षा रोपण कार्यक्रमको आयोजना गरिनेछ। यसको लागि युवा समाजलाई पनि अघि आउने तिनले अपील गरे। हाल, प्रायः जसो रुखहरू काट्ने गरेकोले सबैले वृक्ष रोपण कार्यक्रमको आयोजना गर्ने वन विभागका कर्मचारीहरूले अपील गरे।









