कालचिनी: चिञ्चुला चियाबारीका एकजना ३४ वर्षीय व्यक्ति अमित खाल्कोले बिष सेवन गरेको अवस्थामा राती डेढ़ बजे उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याई पुऱ्याउँदा चिकित्सकहरुले उक्त व्यक्तिको मृत्यु भएको जनाएको छ। उक्त मृतदेहलाई अस्पतालले कालचिनी थानालाई जिम्मा दिएपछि कालचिनी थानाले आज उक्त शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको पुलिस सुत्रले जनाएका छन्। बिष सेवन गरि किन आत्महत्या गऱ्यो भन्ने सम्बन्धमा कुनै कारण पत्तो नलागेको पुलिस स्रोतले बताए पनि गाउँलेहरुले उक्त व्यक्ति दिनरात नशा पिएर बस्ने गर्थ्यो भनि जनाएका छन्।










