बिराज अधिकारीले दिए पार्टीको पद अनि सदस्यताबाट राजीनामा

IMG-20230831-WA0004.jpg

गान्तोकः हाम्रो सिक्किम पार्टीका महासचिव बिराज अधिकारीले आफ्नो पद अनि सदस्यताबाट राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्ष भाइचुङ भोटियालाई आज राजीनामा पत्र प्रेषित गरेका छन्।

अधिकारीले पत्रमा पार्टीको पद र सदस्यताबाट राजीनामा दिनुको मुख्य कारण आफ्नो स्वास्थ्य बताएका छन्। उनले आफु गत दश महिनादेखि क्यान्सर रोगले ग्रसित रहेको र उपचाराधीन रहेको बताएका छन्। चिकित्सकले दुई वर्षमा रोगमुक्त बन्न सक्ने बताएको जानकारी गराउॅंदै उनले अब आफ्नो स्वास्थ्यमाथि ध्यान केन्द्रित गर्ने बताएका छन्।

यस अतिरिक्त, उनले आफु पार्टीको महासचिव पदमा रहेको र आफ्नो स्वास्थ्यका कारण पार्टीलाई समय दिन नसकिरहेको बताएका छन्। उनले आफ्नो राजीनामालाई स्वीकार गरियोस् भनी आग्रह पनि गरेका छन्।

About Author

Advertisement