बिरस्पती परसाई विद्यालयले पालन गऱ्यो ७५औं स्थापना दिवस

IMG-20221017-WA0281.jpg

गान्तोक: आफ्नो स्थापनाको ७५औं वर्षको अवसरमा मार्तमस्थित बृहस्पति प्रसाईं उच्चत्तर माध्यमिक विद्यालयद्वारा आयोजित तीन दिनव्यापी कार्यक्रमको पहिलो दिन आज राज्यका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाको मुख्य आतिथ्यमा भव्यतापूर्वक विविध कार्यक्रम सम्पन्न भयो।

आजभन्दा ७५ वर्षअघि क्षेत्रका मानिसहरूले शिक्षा हासिल गर्नु सकोस् भनेर वर्तमान श्रम विभागका चेयरमेन गंगा प्रसाईंका बाजे बृहस्पति प्रसाईंद्वारा यस स्कूलको स्थापना गरिएको शिक्षामन्त्री कुङ्गा निमा लेप्चाले जानकारी गराए। उनकै अमूल्य योगदानवापत पछिबाट २००५-मा यो स्कूलको नाम बृहस्पति प्रसाईं स्कूल राखिएको उल्लेख गर्दै पहिला यो स्कूलको नाम भट्टे डाँड़ा स्कूल रहेको मन्त्री लेप्चाले स्मरण गरे। हाल राज्यको शिक्षा क्षेत्रमा यो स्कूलले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मन्त्री लेप्चाले विचार पोखे।

यसअघि विद्यालयका एनसीसी क्याडरहरूले मुख्य अतिथि मन्त्री लेप्चालाई गार्ड अफ् अनर दिए। यस अवधि उनीसँग क्षेत्रका विधायक सोनाम भेञ्चोङपा, बृहस्पति प्रसाईंकै नातिनी एवं राज्यको श्रम विभागकी चेयरमेन गंगा प्रसाईं, विद्यालयका शिक्षक-शिक्षिकागण लगायत अन्यको उपस्थिति रहेको थियो। पहिलो दिनको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजन गरियो भने हिजो सम्पन्न विविध खेलकूदका विजेताहरूलाई मुख्य अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट पुरस्कार एवं ट्रफी प्रदान गरियो।

About Author

Advertisement