बिमारीहरूलाई सरकारी अस्पतालहरूमा उपचार गराउनलाई सहयोग गर्न सदैव तत्पर तीनधारेका सतीश राई

IMG-20241115-WA0263

खरसाङ: गरीब दु:खी र बीपीएल वर्गका बिमारीहरूलाई सरकारी अस्पतालहरूमा उपचार गराउनलाई सहयोग गर्न सदैव तत्पर छन् तीनधारेको सत्र माइल निवासी सतीश राई। उनी हालैमा कालेबुङ जिल्ला अन्तर्गत जलढाका सुरुकका ब्लड स्टोक भएका न्युरो प्यासेन्ट काजी दर्जीलाई हेर्न पुगेका थिए। काजी दर्जीको सिलगढी नर्थ बेगंल मेडिकल कलेजमा १४ सेप्टेम्बरको दिन न्युरो सर्जन डा० सन्जय जीले सफलतापुर्बक ३२मिलि रगत टाउकोमा जामिएको ओपेरेसन डा. सन्जय जीले गराएपछि तीनधारेबाट समाज सेवक सतीश राई बिरामीलाई हेर्न सुरुक पुगेका थिए। उक्त ओपेरेसन सतीशले नै मेडिकलमा गराएका थिए र सतीश राईले गरीब दुःखीहरुलाई धेरै अघिदेखि हस्पिटल विषयमा सहयोग गर्दै आईरहेका छन्। तिनले यस विषयमा भने, ‘कतिपय प्राईभेट नर्सिङ्ग होमहरुतिर स्क्याम चलिरहेको छ र हाम्रो पहाडको गरिब मानिसहरुलाई लुट्ने काम भईरहेको छ। तपाईहरुलाई हस्पिटल विषय जान्न मन लागे या कुनै ओपेरेसन, उपचार गराउन छ भने आफुसगँ सम्पर्क गर्ने अनुरोध पनि गरेका छन्। सतीश राईले यस विषयमा भने, ‘यो मेरो सेवा हो साथै दलालहरुदेखि हाम्रो मानिसहरुलाई बचाउने मेरो मुहिम हो।’
तीनधारे निवासी सतीश राईले गरीब दु:खी र विपन्न परिवारको मानिसहरूलाई सरकारी अस्पतालतिर उपचाररको आवश्यकता परेको खण्डमा आफ्नो मोबाइल नम्बर ९४७६१५८५६९ मा सम्पर्क गर्न सक्ने पनि बताएका छन्।

About Author

Advertisement