कालचिनी। मुख्यमत्री द्वारा चिया श्रमिकहरूको ज्याला १५ प्रतिशत वृद्धिको घोषणाको जहाँ विरोधी दलहरूले चौतर्फी विरोध गरिरहेको छ त्यही तृणमूल चियाबारी श्रमिक यूनियनले विभिन्न चियाबारीहरूमा गेटसभा मार्फत यसको समर्थन गरिरहेको क्रममा आज मेचपाड़ा चियाबारीमा तृणमूल चियाबारी श्रमिक यूनियनको पक्षबाट गेटसभा राखिएको थियो। तर उक्त गेटसभामा तृणमूल चियाबारी श्रमिक यूनियनको झण्डा भने थिएनन।
उक्त गेटसभामा तृणमूल समर्थित नेता र प्रतिनिधिहरूले १५ प्रतिशत रोज वृ्द्धिले श्रमिकहरूको आन्दोलन रोकिन्दैन भन्दै यसले न्यूनतम रोजको श्रमिकहरूको सङ्घर्ष जारी रहने भन्दा सबै श्रमिकहरूले ताली बजाएर समर्थन गरेको थियो। यता १५ प्रतिशत वृद्धिको घोषणाको समर्थनमा सम्पन्न उक्त गेटसभा यसको विरोधमा भएकोले तृणमूल नेता औ कार्यकर्ताहरू आफै व्याकुल बनेको थियो।
सभामा उल्टा १५ प्रतिशतको वृद्धिको विरोधको स्वरहरू गुञ्जिएको थियो।









