बिधायक निरज जिम्बाद्वारा राइजिङ मञ्जु स्पोर्टिङ क्लबलाई आर्थिक सहयोग

IMG_20220906_184149.jpg

दार्जीलिङ: बिधायक निरज जिम्बाले आफ्नो सामाजिक सेवा अभियान अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो क्षमताअनुसार सहयोग पुर्या उदै आएका छन्। युवाहरूलाई प्रोत्साहन दिन धेरै समय अघिदेखिनै खेलकुद सम्बन्धि आर्थिक सहयोगदेखि लिएर खेल सम्बन्धि विभिन्न सामाग्रीहरू प्रदान गरि सहयोग पुर्याखउदै आएका छन्। बिधायक निरज जिम्बाले आफ्नो बिधानसभा क्षेत्र दार्जीलिङमा मात्र नभएर पहाडको विभिन्न क्षेत्रमा सहयोग पुर्यािएका छन्। यसैक्रममा उनले मिरिकस्थित मञ्जु राइजिङ स्पोर्टिङ क्लबलाई आर्थिक सहयोग प्रदान गर्दै खेल सम्बन्धि विभिन्न सामाग्रीहरूको सहयोग प्रदान गरेका छन्।

आफ्नो छोटो भनाई राख्दै बिधायक जिम्बाले भने, मेरो निम्ति पहाडको सम्पुर्ण युवाहरू समान छन्। म एक जनप्रतिनिधि हो मेरो बिधानसभा क्षेत्रमा मात्र मैले सहयोग पुर्यायउन पर्छ भन्ने छैन। मेरो आफ्नो क्षमताअनुसार मैले कोशिष गरिरहेको छु मेरो सानो सहयोगले युवाहरूलाई प्रोत्साहन हुन्छ भने मैले गर्नुपर्छ। मैले पहाडका सम्पुर्ण क्षेत्रमानै सबैलाई समान रुपले अन्य क्षेत्रमा पनि सहयोग पुर्या्उदै आएको छु र म यसलाई निरन्तरता दिने छु भनी बिधायक निरज जिम्बाले जनाएका छन्। यसैक्रममा मञ्जु राइजिङ स्पोर्टिङ क्लबका युवाहरूले बिधायक निरज जिम्बालाई उनको सहयोगको निम्ति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।

About Author

Advertisement