बिद्युत महसूल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार गरयो

IMG-20241128-WA0112

काठमाण्डू: नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्राचार गर्दै ३४ वटा उद्योगको खाता रोक्का गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेका हुन्।
त्यस्तै, बक्यौता नबुझाउने उद्योगका लगानीकर्ताले अन्य कम्पनी चलाएको भए उनीहरूलाई सेयर जारी गर्न र धितो बन्धक दिन रोक्का गरिदिन कम्पनी रजिस्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि उनले आग्रह गरेका छन्।

About Author

Advertisement