बिजुलीको खुल्ला ट्रान्सफरमर करेन्ट छुईपासो बन्दै

IMG-20220708-WA0152.jpg

कालचिनी: कालचिनी चियाबारीको गोदाम संलग्न तथा कालचिनी राईमाटाङ सड़क किनारी अस्पताल लाईनमा रहेको बिजुलीको खुल्ला ट्रान्सफरमर अहिले छुईपासो बन्दै गइरहेको छ। विगतको दिनहरूमा पनि गाईगोरुहरूलाई करेन्ट लाग्दै आइरहेको र आज पनि एउटा बाँदर उक्त नाङ्गो ट्रान्सफरमरको सम्पर्कमा आउँदा बाँदर ठहरै गएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।

स्थानीय बासिन्दा तथा युवा समाजसेवी कौशल लामाले यो बिजुलीको ट्रान्सफरमर यसरी नै बिना आवरण नाङ्गो राखेकोले यसले ठूलो दुर्घटना पर्खेर बसेको बताउँदै आज मात्र एउटा बाँदर यसको सम्पर्कमा आउँदा ठहरै गएको र भविष्यमा यहाँ मान्छेको ज्यान नजाला भन्न नसक्ने जनाएका छन्। बिजुली विभागलाई बारम्बार यो ठाउँमा ट्रान्सफरमरको बक्स बनाउने निवेदन गर्दै आइरहे तापनि आजसम्म पनि यसको कुनै व्यवस्था नगरेको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन्। कुनै दिन यहाँ विद्यार्थी, श्रमिक नभए कोही गाउँलेहरू ठूलो दुर्घटनाको शिकार हुने सम्भावना रहेको आशङ्का गाउँलेहरूले गरेका छन्। बिजुली विभागले यसरी धेरै ठाउँहरूमा यस्तै बिना आवरणको नाङ्गो ट्रान्सफरमर यथावत राखेकोले यो बिजुली विभागको ठूलो लापरवाही भएको गाउँलेहरूले जनाएका छन्।

About Author

Advertisement