बिजनबारीकी शिरडीसा सुब्बाद्वारा सेक्सोफोनमा सबैभन्दा कम उमेरमा ईन्डिया बुक अफ रिकर्डमा नाम दर्ता गर्न सफल

IMG-20240508-WA0231.jpg

दार्जिलिङ: बिजनबारीकी शिरडीसा सुब्बा सेक्सोफोनमा सबैभन्दा कम उमेरमा ईन्डिया बुक रिकर्डमा नाम दर्ता गर्न सफल बनेकी छन्।बिजनबारी निवासी पिता निमेष सुब्बा सिकारु अनि माता चन्द्रिका प्रधानकी सुपुत्री शिरडीसा सुब्बाले सबैभन्दा कम उमेरका सेक्सोफोन वादकको रुपमा ईन्डिया बुक अफ् रिकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएकी छिन्। उनले यो रिकर्ड ११ वर्ष ७ महिना १५ दिनको उमेरमा कायम गरेकी हुन्। शिरडीसा सुब्बाले बाल्यकालदेखि नै खण्ड स्तरीयदेखि जिल्ला स्तरीयसम्म नृत्य, कविता आवृत्ति प्रतियोगिताहरूतिर अंश ग्रहण गर्दै थुप्रै पुरस्कारहरु आफ्नो नाममा गरिसकेकी छिन् भने उनी सानैदेखि संगीत क्षेत्रमा पनि सक्रिय थिइन्। ईन्डिया बुक अफ् रिकर्ड २०२४ मा आफ्नो नाम अंकित गर्न सफल शिरडीसा सुब्बा सम्भवतः विश्वभरमा नै पहिलो नेपाली भाषी भारतीय गोर्खा बाल कलाकार हुनसक्ने स्रोतहरुबाट जान्नमा आएको छ।
ईन्डिया बुक अफ् रिकर्डमा आफ्नो नाम दर्ता भएकोमा हर्षित बन्दै यसको श्रेय आफ्नो संगीत प्रशिक्षक पुलबजार निवासी भारतीय गोर्खा सैनिकका भूतपूर्व अनरेरी कप्तान टीबी गुरुङ, आफ्नो अभिभावक अनि आफुमाथि विश्वास गरेर मञ्च दिई हौसला प्रदान गर्ने शुभचिन्तकहरुलाई दिएकी छिन्। हाल शिरडीसा सुब्बाले विद्या ज्योती एकाडमी बिजनबारीमा सातौं श्रेणीमा अध्ययनरत् छिन्।

About Author

Advertisement