मुम्बई टीभी सिरियल ‘विश’ बाट चर्चित भएकी अभिनेत्री सना मकबुल आफ्नी साथी नाजीलाई हराएर ‘बिग बोस’ ओटीटीको तेस्रो सिजनको विजेता बनेकी छिन्। ‘बिग बोस ओटीटी’ होस्ट बलिउड अभिनेता अनिल कपूरले शुक्रबार राति मकबुललाई २५ लाखभन्दा बढीको ट्रफी र पुरस्कार राशि प्रदान गरे। यस पटकको सिजन २१ जूनमा शुरु भएको थियो, जसमा र्यापर नाजी फस्ट रनर अप भए भने अभिनेता रणवीर शौरी तेस्रो भए। ‘मेहन्दी है रच्ने वाली’ सिरियलबाट चर्चित बनेका टीभी अभिनेता साई केतन राव चौथो र युट्युबर कृतिका पाँचौ स्थानमा रहेकी छन्। कृतिकालाई अर्का प्रतियोगी अरमान मलिककी दोस्रो श्रीमतीको रुपमा चिनिन्छ। विजेता घोषित भएपछि मकबुलले कपूरलाई भने, ‘म यो पल उनीसँग (नाइजा) साझा गर्न चाहन्छु। यो यात्रामा ममाथि विश्वास गर्ने उनी मात्र व्यक्ति थिए। पहिलो दिनदेखि नै नाजीले मलाई ‘तिमीसँग बल छ’ भनेका थिए। मसँग पक्कै पनि बल छ।’
शोको अन्तिम दिन, बलिउड अभिनेत्री श्रद्धा कपूर पनि आफ्नो सह-कलाकार राजकुमार रावसँग आफ्नो आगामी फिल्म ‘स्त्री २’ को प्रमोशन गर्दै थिइन्। प्रतियोगी अरमान मलिकले यो सिजनमा निकै चर्चा कमाए। युट्युबर विशाल पाण्डेलाई थप्पड हानेको घटनापछि मलिक चर्चामा आएका थिए। अभिनेता शौरी र मकबुलबीचको बहसले पनि दर्शकलाई निकै मनोरञ्जन दियो। दिल्लीमा आफ्नो वडापाव स्टलबाट चर्चित भएकी चन्द्रिका दीक्षित, युट्युबर शिवानी कुमारी, लवकेश कटारिया, साना सुल्तान, पायल मलिक, प्रोफेसनल बक्सर नीरज गोयत, ट्यारो कार्ड रिडर मुनिशा कटवानी, अभिनेत्री पाउलोमी दास र पत्रकार दीपक चौरसिया पनि १७ जना छन्।









