बाल श्रम शोषणको आरोप डाक्टर दम्पत्तिमाथि

1683307326s8Ngqaof.webp

गुवाहाटी: गुवाहाटीको डाक्टर दम्पत्ति डा. संगीता दत्ता र उनका पति डा. वलीउल इस्लाममाथि बाल शोषणको आरोप लागेको छ। डा. वलीउल इस्लामलाई पलटन बजार पुलिसले घरमा काम गर्ने बालिकाको साथ उत्पीडनको आरोपमा हिजो राति पक्राउ गर्यो। डाक्टर दम्पत्तिमाथि उनीहरूले बालिकालाई दिउँसो कडा घाँममा घरको छप्परमा बाँधेर राखेको आरोप छ। डा. संगीता दत्ता फरार बताइएकी छन्। पुलिस सूत्रहरू अनुसार, स्थानीय मानिसहरूको एक समूहले पुलिसलाई नानीको साथ उत्पीड़नको घटनाबारे सूचित गर्यो। यसपछि पुलिसले डा. वलीउल इस्लामलाई पक्राउ गयो। घटना भएको तुरन्तै डा. संगीता दत्ताले सोशल मीडियामा एउटा भीडियोमा भनिन्, कसैले हामी विरूद्ध ठूलो षड़यन्त्र रचेको छ। हामीले यस्तो केही पनि गरेका छैनौं। यो हामी विरूद्ध षड़यन्त्र हो। यद्यपि, पछि यस भीडियोलाई सोशल मीडियाबाट हटाइयो।पुलिसले उत्पीड़नको शिकार बालिकालाई चाइल्ड लाइनलाई सुम्पेको छ। घटनाको सम्बन्धमा पुलिसले दम्पत्तिको देखरेख गर्नेलाई पनि हिरासतमा लिएको छ। घरको देखरेख गर्नेमाथि कथित रूपमा नानीलाई बाँधेको आरोप लगाइएको छ।

About Author

Advertisement