बाल तथा महिला सुरक्षा ऐनबारे एक दिवसीय सत्र

IMG-20250301-WA0380

नाम्ची: महिला, बाल, वरिष्ठ नागरिक अनि दिव्याङजन कल्याण विभागको पहलमा आज नाम्ची जिल्लाको अफिसर्स क्लबमा बेटी बचाओ, बेटी पढाओ अभियानको दशौं वर्षगाँठ पालन गरियो। यस अवसरमा नाम्ची थानाका एसएचओ आशीष भुजेल, विभागीय अधिकारीहरु, लक्ष्मण तामाङ, सोफिया लेप्चालगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नोडल अधिकारी सोफिया लेप्चाले महिला र बाल विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीले 2015 मा शुरू गरेको बेटी बचाओ बेटी पढाओ अभियानबारे जानकारी गराए। उनले लैङ्गिक समानता प्रवर्द्धन र महिला सशक्तिकरणमाथि जानकारी गराइन्। उनले सुकन्या समृद्धि योजना, बालिकाहरुको बचत योजनाबारे पनि प्रकाश पारिन्। उनले किशोरको लागि २१ र किशोरीको लागि १८ वर्षको कानुनी विवाह उमेरमाथि पनि बताइन्। उनले भारतीय न्याय संहिता मार्फत महिला केन्द्रित कानूनहरुबारे सचेतना गराइन्। महिला तथा बालबालिका सम्बन्धी उजुरीका लागि उनले नाम्ची प्रहरी चौकीमा सम्पर्क गर्ने आग्रह गर्दै सम्पर्क नम्बर पनि प्रदान गराए। यसक्रममा स्वास्थ्य तथा परिवार कल्याण विभागकी मनोवैज्ञानिक दिव्या राईले मानसिक स्वास्थ्यको महत्वबारे बताइन्। राज्यमा आत्महत्याका घटनाहरूमाथि चिन्ता व्यक्त गर्दै शारीरिक स्वास्थ्यलाई जस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने जोड दिइन्। सोही प्रकारले स्मृति राईले यौन अपराधबाट बालबालिकाको संरक्षण ऐनसम्बन्धमा जानकारी दिइन्। सत्रमा उनले कानून अनुसार १८ वर्ष मुनिका किशोर र किशोरी दुवैलाई सुरक्षा प्रदान गर्ने कुरामा जोड दिइन्।

About Author

Advertisement