बालिका हत्याको दोषीलाई कठोर सजाय हुनुपर्छ-विनय कुमार प्रसाद

IMG-20230823-WA0315.jpg

खरसाङ: सिलगढीको मतिगढामा नाबालिग छात्राको हत्या भएको घटनालाई लिएर भारतीय जनता पार्टीको युवा एकाइ़ईका दार्जीलिङ जिल्ला महासचिव विनय कुमार प्रसादले एक विज्ञप्ति जारी गरेर दोषीलाई कठोरभन्दा कठोर सजाय दिने मांग गरेका छन्। उनले यस्तो जघन्य कार्य गर्ने व्यक्ति मानव समाजको सदस्य हुन नसक्ने जनाउँदै देशको न्याय प्रणालीमाथि उनीहरूको भरोसा रहेको औ यस्ता व्यक्तिलाई न्यायालयले पनि छोड्न नहुने बताएका छन्। महासचिव प्रसादले पिडित परिवारलाई परेको यो बज्रघातले सम्पूर्ण जाति अनि मानव समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै भाजपा युवा मोर्चा सँधै पिडित परिवारको साथमा रहेको औ परिवार अनि मृत बालिकाको न्यायको निम्ति सदैव उनीहरूलाई सहयोग प्रदान गर्न कटिबद्ध रहेको कुरा जनाएका छन्। उनले आज हाम्रो समाजमा यस्ता असामाजिक क्रियाकलाप तथा जघन्य घटनाहरू भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रशासनले यसको रोकथामको निम्ति कठोर पाइला चाल्नुपर्ने बताएका छन्। प्रसादले अदालतलाई यस घटनाको अतिशीघ्र फैसला होस् भन्दै दोषी व्यक्तिले कठोर सजाय पाउनुपर्छ ताकि भविष्यमा अरूले यस्ता दुष्कर्म गर्न अघि हजारपल्ट सोच्नु परोस् भनी जनाएका छन्। तिनले मृत छात्राको मृत्युमा शोक पालन गर्दै शोक सन्तप्त परिवारप्रति सङ्गठनको पक्षबाट समवेदना पनि व्यक्त गरेका छन्।

About Author

Advertisement