बालिका–महिला हिंसामा सदनको खबरदारी, दीर्घकालीन न्यायको माग

f03218d1-d93d-4614-9680-ddba60a139a4

काठमाडौं : प्रतिनिधिसभाको सोमबारको बैठकमा बालिका तथा महिलामाथि बढ्दो हिंसा र अपराध नियन्त्रणमा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ। नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले घर, विद्यालय, बाटो र गाउँबस्तीमै बालिका असुरक्षित रहेको भन्दै राज्यको सुरक्षा संयन्त्र प्रभावकारी बनाउन माग गरिन्। उनले सप्तरीकी दुई वर्षीया खुसी खातुन तथा बाराकी तीन वर्षीया बालिकाको हत्या घटनालाई उदाहरण दिँदै दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई दीर्घकालीन न्याय सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन्। आन्दोलनपछि गरिने राहत तथा सहमतिले क्षणिक समाधान दिए पनि न्याय र राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न नसक्ने उनको भनाइ थियो। समसामयिक सुरक्षा चुनौतीबीच सदनले सरकारलाई जवाफदेही बनाउने, अनुसन्धान तथा न्याय प्रक्रियाको निगरानी गर्ने र नीतिगत सुधारका लागि निरन्तर दबाब सिर्जना गर्नुपर्ने बहस बैठकमा केन्द्रित रह्यो।

About Author

Advertisement