बालिका दुष्कर्मको शिकार

Child-Sexual-Abuse-Rep-Image-A-copy-2

अलिपुरद्वार: कुमारग्राम क्षेत्रको एउटा ब्लकमा स्कूलकी छात्राको यौन शोषणको घटनाले सनसनी मच्चाएको छ। आइतबार दिउँसो कक्षा ११ का एक बालिका ट्युसनका लागि घरबाट निस्किँदै थिइन्। राष्ट्रिय राजमार्गमा चढ्नुअघि एक व्यक्तिले बालिकाको हात समातेर त्यस क्षेत्रको प्राथमिक विद्यालय पछाडिको जंगलमा लगे। त्यहाँ उनले दुष्कर्म गरेको आरोप छ। बालिका चिच्याएपछि ती व्यक्ति भागे। त्यसपछि स्थानीयले उनलाई बचाएर घर ल्याए। बालिकालाई हजुरआमाले अस्पतालमा लागिन्। यस घटनाबारेमा पुलिसमा उजुरी गरिएको छ। बालिकालाई अर्को अस्पतालमा रेफर गरियो। डाक्टरले राति शल्यक्रिया गरे। अहिले बालिकाको अवस्था स्थिर रहेको छ। घटनास्थल नजिकै प्राथमिक विद्यालय छ। जंगलमा दिनरात मादक पदार्थ सेवन गर्ने दुर्व्यासनीहरूको भीडभाड हुने र भ्रष्टहरुको आवतजावत हुने गरेको स्थानीयको गुनासो छ। स्थानीय महिलाहरूको सुरक्षालाई लिएर गाउँलेहरू चिन्तित छन्। अलिपुरद्वारका पुलिस अधीक्षक वाई रघुवंशीले भने, ‘उजुरी हामीलाई सुम्पिएको छ र हामीले मुद्दा शुरु गरेका छौं। पुलिसले अनुसन्धान गरिरहेको छ।‘ अलिपुरद्वार जिल्ला अस्पतालका सहायक सुपरिटेन्डेन्ट गौरव भट्टाचार्यले बालिकालाई गएराति भर्ना गरिएको बताए। उनको शारीरिक अवस्था मजोर भएकाले उनको शल्यक्रिया गरिएको थियो।

About Author

Advertisement