बालगृहमा जमर्को साप्ताहिकको वार्षिकोत्सव

IMG-20240722-WA0004

भद्रपुर: सनिश्चरेबाट प्रकाशित हुने जमर्को साप्ताहिकले रविबार बाह्रौं वार्षिकोत्सव मनाएको छ। सो पत्रिकाको टिमले उर्लाबारी ७ स्थित नमुना बालगृहका ६८ जना बालबालिकाहरूलाई बिहानको खाना खुवाएर वार्षिकोत्सव मनाएको हो। सो अवसरमा पत्रिकाका अध्यक्ष एवं सम्पादक मोहन भट्टराईले विगतमा विभिन्न समूहमा बसेर रमाइलो गरी मनाइने यस वर्षको वार्षिक उत्सव नानीहरुलाई खाना खुवाएर मनाउने निर्णय गरे अनुसार कार्यक्रम गरिएको र आगामी दिनमा आफू तथा आफू निकट संघ संस्था एवं व्यक्तिहरूलाई यस्तै कार्यक्रमहरू गर्न लगाउने प्रतिबद्धता जाहेर गरेका छन्। पत्रकार घनश्याम भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा बाल गृहकी अध्यक्ष एवं कार्यक्रमकी प्रमुख अतिथि मिना बरालले सबैको सहयोगले अहिले १४० जना बालबालिकाहरूलाई आफूले हुर्काई बढाई गर्न सफल भएको र आगामी दिनमा पनि सहयोगी महानुभावहरुलाई हरेक कार्यक्रमहरू यही आएर मनाउन आग्रह गरेकी छन्।

About Author

Advertisement