‘बालअधिकारका लागि सबैको भूमिका एकै प्रकारको हुनुपर्छ’

Photo-1-1-1

काठमाडौं: राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाले बालअधिकारका क्षेत्रमा काम गर्ने सबै निकायको भूमिका एकै प्रकारको हुनुपर्ने बताएका छन्। मंगलबार बालअधिकार प्रणाली सुदृढीकरणका लागि परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बानियाँले बालअधिकारको क्षेत्रमा काम गर्ने निकायहरूमा राजनीतिक प्रभाव पर्न नहुने बताएका हुन्। उनले भने, ‘बाल अभिकारलाई संघ, प्रदेश र स्थानीय तहहरूमा बाल अधिकार प्रणाली सुदृढीकरण गर्न एड्भोकेसी होइन, फिल्डमा काम गर्नुपर्यो। नागरिक संघ संगठनका निकायमा जस्तो पात्र पनि आउनसक्ने भएकाले हामी सँधै एकनास हुनुपर्छ। बाल अधिकारका क्षेत्रमा काम गर्ने निकायमा राजनीतिक प्रभावमा पर्नु हुदैन भन्ने हो।’

नागरिक समाजको आपसी खिचातानीका कारण बालबालिकाका मुद्दा ओझेलमा परेको उनको भनाइ थियो। आर्थिक र स्रोतको समस्या नभई सकारात्मक सोचका साथ काम गर्नुपर्ने उनको भनाइ थियो। बालबालिकामा क्षेत्रका लागि लगानी सम्मेलन गर्दै बालबालिकाको भविष्य सुनिश्चित गर्नुपर्ने भन्दै उनले भने, ‘बालबालिकामा लागानीमा सुरक्षित भविष्यको थालनी त भन्यौं तर कति काम गर्यौ त हामीले? एजेण्डाले हरेक क्षेत्रमा अर्थ राख्दछ। अब बालबालिकाको क्षेत्रमा लगानी सम्मेलन गरेर बजेट कोर्टको बारेमा सोचौं। हाम्रो समस्या अर्थतन्त्र र स्रोतमा होइन सोचमै छ।’

About Author

Advertisement