बार्सिलोनाले ८०,००० प्रशंसकहरूका साथमा मनायो जीतको खुशीयाली

IMG-20230516-WA0182.jpg

१६ मईः स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाको पुरुष र महिला दुवै टीमले खिताब जितेपछि खेलाड़ीहरूसँग खुशीयाली मनाउन लगभग ८०,००० प्रशंसकहरू बार्सिलोनाको सड़कमा ओर्लिए। बार्सिलोनाको पुरुष टीमले आइतवार राति एस्पानयोललाई ४-२-ले पराजित गरी २०१९ पछि पहिलोपल्ट स्पेनिश ला लीगा खिताब जित्यो। लियोनल मेस्सीले क्लब छोड़ेपछि बार्सिलोनाको यो पहिलो लीग खिताब हो। पुरुषहरूका तुलनामा बार्सिलोनाको महिला टीमले चाहिँ दुई हप्ता अघि नै खिताब सुनिश्चित गरेको थियो। यी दुवै टीमका खेलाड़ीहरू सोमवार बार्सिलोनामा खुल्ला बसमा सवार भएर प्रशंसकहरूसँग भिक्ट्री परेडमा सामेल भए। प्रशंसकहरू गीत गाउँदै बार्सिलोनाको झण्डा फहऱ्याइरहेका थिए। बार्सिलोनाको पुरुष टीमले लगाएको टी शर्टमा लेखिएको थियो, ला लीगा हाम्रो हो अनि भविष्य पनि। यसरी महिला खेलाड़ीहरूले लगाएको टी शर्टमा लेखिएको थियो, हामी साथमा खेल्यौं, साथमा जित्यौं। बार्सिलोनाको पुरुष टीमले चार चरणको म्याच अघि नै आफ्नो २७औं ला लीगा खिताब सुनिश्चित गऱ्यो। अहिले शीर्ष स्थानमा रहने यस टीमसँग ३४ वटा म्याचमा ८५ पोइण्ट्स रहेको छ। उनीहरूका निकटतम प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग ३४ वटा म्याचमा ७१ पोइण्ट्स रहेको छ। बार्सिलोनाले यस साल सुपर कप पनि जितेको थियो। बार्सिलोनाको महिला टीमले पनि चारवटा म्याच अघि नै आफ्नो आठौं लीग खिताब सुनिश्चित गरेको थियो। बार्सिलोनाको महिला टीमले जूनमा महिला च्याम्पियन्स लीगको फाइनलमा वूल्फ्सबर्गको चुनौती स्वीकार्नेछ।

About Author

Advertisement