बारविशामा वन विभागको कारबाही, बर्माटिक बोकेको कन्टेनर जफत

IMG-20260204-WA0040

कामाख्यागुड़ी: कुमारग्राम ब्लकअन्तर्गत बारविशा क्षेत्रमा अभियान सञ्चालन गर्दै वन विभागको फाल्का रेञ्जले बर्माटिक बोकेको एउटा कन्टेनर जफत गरेको छ। उक्त कन्टेनर असमबाट उत्तर प्रदेशतर्फ जाँदै थियो। गोप्य सूचनाका आधारमा कारबाही गर्दै वनकर्मीहरूले बारविशा क्षेत्रमा राष्ट्रिय राजमार्ग नम्बर ३१सी मा कन्टेनर रोकेका थिए। कन्टेनरका चालक घटनास्थलबाट फरार भएका छन्।
बर्माटिकले भरिएको उक्त कन्टेनर जफत गरी बारविशाको दक्षिण रामपुरस्थित वन विभागको फाल्का रेञ्ज कार्यालयमा ल्याइएको छ। वन विभाग स्रोतका अनुसार कन्टेनरबाट ५०० सिएफटी अवैध बर्माटिक काठ बरामद गरिएको छ, जसको बजार मूल्य करिब १५ लाख रुपैयाँ आँकलन गरिएको छ।
फाल्का रेञ्जका रेञ्ज अफिसर प्रभातकुमार बर्मनले गोप्य सूचनाका आधारमा अभियान सञ्चालन गरी बर्माटिक बोकेको कन्टेनर जफत गरिएको र घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

About Author

Advertisement