बाबुले छोरालाई हातखुट्टा बाँधेर चर्को घाममा राखिदिए, तिर्खाले छोराको ज्यानै गयो

dead-body-Rep-Image

भुवनेश्वर: ओडिशाको कोएनझार जिल्लामा ओडिशा पुलिसले एक ६५ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छl ती व्यक्तिले आफ्नो ४० वर्षीय छोरालाई हातखुट्टा बाँधेर चर्को घाममा मार्न राखेको आरोप छ। अभियुक्तको नाम पनुआ नायक रहेको बताइएको छ। पुलिस अधिकारीहरुका अनुसार घटना सनमसिनाबिला गाउँमा भएको हो। दिउँसो २ बजेतिर पनुवाले छोरा सुमन्तको हातखुट्टा प्लाष्टिकको डोरीले बाँधेर चर्को घाममा राखेका थिए। यसपछि छोरा सुमन्तको मृत्यु भयो। छोराले पटकपटक पानी मागे पनि एक थोपा पानी नदिएको पुलिसले जनाएको छ। पुलिसका अनुसार सुमन्तले कुनै काम नगर्दा सोही दिन बाबुसँग झगडा भएको थियो। दुई दिनअघि सुमन्तले आफ्नी आमालाई कुटपिट गर्दा उनको कम्मरको हड्डी भाँचिएको थियो। उनले आफ्नी पत्नीलाई पनि पटक पटक कुटपिट गर्ने गरेका छन्। रक्सी पिएर परिवारका सदस्यलाई दुर्व्यवहार गर्थे। बाबुसँग पनि झगडा गर्न थालेपछि पाठ सिकाउन हातखुट्टा बाँधेर बाहिर घाममा राखिदिए।

About Author

Advertisement