बाटोको अधूरो निर्माण कार्यले जनता हैरान

Screenshot_20231126_183708_WhatsApp.jpg

जनताको आखाँ छल्ने काम बन्द गर्नु होस: देवान

दार्जीलिङ: अधूरो निर्माण कार्यले पेदोङ बासीले धेरै समस्याहरू भोग्न परी रहेको हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता असीम चन्द्र देवानले बताएको छ। कालेबुङ अन्तर्गत ४० नम्बर समष्टि पेदोङ बजारको टयाक्सी स्टयाण्डदेखि प्रशान्ती नगरसम्मको बाटो निर्माण कार्यको निम्ति कमसेकम एक करोड रूपियाँको बजट पारित भएको खबरको छ अनि बाटोको निर्माण को निर्माण कार्य पनि शुरू भएको थियो तर आजसम्म बाटोको निर्माण कार्य पूरा नभएको हुनाले स्थानीय बासिन्दाहरूले धेरै प्रकारको समस्याहरू भोग्न परी रहेको हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता असीम चन्द्र देवान ले बताएको छ।देवानले बताए अनुसार अधुरो बाटोको निर्माणले स्थानीय बासिन्दाहरूले हुनसम्मको समस्याहरू भोग्न परी रहेको छ।बाटोको वीच वीचमा ठूल्ठूलो प्वालहरू रहेकोले गाडी चालकहरूलाई गाडी चलाउँन समेत धेरै हम्मे हम्मे परी रहेको छ। नालाहरूको जीर्णद्वार नभएको हुनाले नालामा बग्ने पानी बाटो वीच भएर बग्ने गरेको छ, जसको कारणले गर्दा बाटो हिडने मानिस हरूलाई धेरै असुविधा हुन पूगी रहेको देवानले बताए। जीटीए सभाको चूनाव र पंचायत चूनावको मुखमा सत्ता पक्षको नेतृत्वहरूले स्थानीय बासिन्दाहरूलाई बाटोको निर्माण गरी दिई हाल्ने वाचाहरू गरेका थिए। जनताको आखाँ छल्ने बाटोको निर्माण कार्य समेत शुरू गरेको थियो तर यतिका दिनहरू विति सक्दा पनि बाटोको निर्माण कार्य पूरा भएको छैन भन्दै हामी सम्बंधित विभागीय अधिकारीहरू समक्ष अनुरोध गर्छौ तपाईहरूले यो अधुरो बाटोको निर्माण कार्यलाई अविलम्ब पूरा गरी दिनु होस। यस अधूरो बाटोको निर्माणले स्थानीय बासिन्दाहरूलाई धेरै समस्याहरू भई रहेको हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता असीम चन्द्र देवानले बताए।

About Author

Advertisement