बाघडुग्रामा वनकर्मीको घरमा हात्तीको ताण्डव

Screenshot_20230418_165821_WhatsApp.jpg

बाघडुग्रा: एउटा जंगली हात्तीले एकजना वनकर्मीको घरमा पसेर आतंक मच्चाएको छ । प्राप्त जानकारी अनुसार, बाघडुग्राको सन्यासी चिया कमान इलाकामा गत राति भोजनको खोजमा निक्लेको एउटा जंगली हात्तीले एकजना वनकर्मीको घरमा हमला गर्दा घर क्षतिग्रस्त बन्न पुगेको छ। हात्ती कराएको आवाज सुनेपछि सुतिरहेको घरका परिवारका सदस्यहरू घरबाट निक्लिएर भागेपछि ज्यान बचाए। यसपछि घटनाबारे बाघडुग्रा वन विभागलाई सूचना दिए।

खबर पाउन साथ वनकर्मीहरू घटनास्थलमा पुगे अनि पटेकाहरू पड्काएर हाथीलाई जंगलतर्फ खेदे। हात्तीको हमलामा वनकर्मीको घर क्षतिग्रस्त बन्न पुगेको बताइएको छ। यसवाहेक, हात्तीले घरमा राखेको घर खानासहित अन्नहरू पनि खाइदिए। यो घटना पछि सन्यासी चिया बगान इलाकामा मानिसहरू भयभित बन्न पुगेका छन्।

About Author

Advertisement