बाघडुग्रामा झुन्डिएको अवस्थामा युवकको मृतदेह उद्धार

IMG_20220921_195451.jpg

सिलगढी: एकजना युवक झुण्डिएर मरेको अवस्थामा उसको मृतदेह उद्धार भएको छ। मृतक युवक बाघडुग्रा विमाननगर निवासी २३ वर्षीय सुशान्त बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सुशान्त बर्मन गत राति १२ बजी घरमा सुतेपछि आज बिहान धेरै समय बितिसक्दा पनि दैलो नखोलेपछि परिवारका सदस्यहरूले दैलो भत्काएर घरभित्र पसेर हेर्दा झुन्डिरहेको अवस्थामा सुशान्तलाई देखे। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement