बाघको संरक्षणसम्बन्धी ग्लोबल टाइगर फोरमको सभा

IMG-20241019-WA0238

गान्तोक: राज्यको वन अनि पर्यावरण विभाग साथै ग्लोबल टाइगर फोरमको संयुक्त पहलमा पूर्वी हिमालयमा बाघ संरक्षणको खोज र सम्बोधन” विषयमा छलफल गरियो। यस विषयलाई लिएर आज देउरालीस्थित वन विभागको सचिवालयमा एक कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता वन विभागका सचिव प्रदीप कुमारले गरेका थिए भने सो अवसरमा एसजी जीटीएफका महासचिव डा.राजेश गोपाल लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विभागका सचिवले
हालैको क्यामेरा ट्र्याप गरिएको छवि प्रकाश पारे, जसले सिक्किम र भुटानबीच बाघहरूको आवागमन स्थापना गर्नका साथै सिक्किम वनको स्वास्थ पारिस्थितिकी प्रणाली र बाघहरूको लागि अनुकूल वातावरणलाई प्रतिबिम्बित गरेको छ।

About Author

Advertisement