बागडोग्रा एफसी-को एकतर्फी जीत

photocollage_2023722221144705.jpg

२२ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा बागडोग्रा फूटबल क्लबले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा बागडोग्रा एफसी-ले मिक्स अप् मिरिकलाई ८-१-ले पिट्यो। विजेता टीमबाट जुन्नाले ह्याट्रिक गरे। उनले १२औं, ३९औं र ४२औं मिनटमा गोल गरे। यसबाहेक मञ्जिल (१०औं र २३औं मिनट) र निकोलस (१५औं र ४५औं मिनट)-ले २-२ गोल गरे। यसरी बिट्टुले ५५औं मिनटमा १ गोल गरे। मिक्स अप् मिरिकबाट बिबेकले २७औं मिनटमा १ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement