बागडोगरा रेन्ज अफिसमा हात्ती मानव ब्दन्द रोक्न हात्ती मित्र मेला हुने

Chhetriya-Samachar

बागडोगरा: बागडोगरा वन विभागको दायरा कार्यालयमा १३ डिसेम्बरका दिन हाथी मित्र मेला आयोजना हुँदैछ। तीन दिनसम्म चल्ने सो मेलामा बिबिध कार्यक्रमहरु हुने बताइएको छ। साथै, सो मेला हात्तीप्रति जन स्तरमा जन चेतना अभिवृद्धि गर्ने उद्देश्यले हुँन लागेको हो।
उक्त मेलामा राखिने अधिकाँश स्टलहरूले हात्ती-मानव द्वन्द्व रोक्नका लागि गरिएका उपायहरू प्रदर्शन गर्नेछन्। बालबालिकाहरुको मनोरञ्जनका लागि विभिन्न प्रतियोगिताहरु समेत आयोजना गरिनेछ। मेलामा किसानले सरकारी खरिद मूल्यमा धान बिक्री गर्न सक्नेछन्।
यस सम्बन्धमा कर्सियाङ वन विभागका डीएफओ देवेश पाण्डेले वन विभाग र आम जनताबीच सुमधुर सम्बन्ध स्थापित गर्न यो पहल गरिएको बताए। उनले वन निर्माणको सन्देश पनि दिएका छन्।

About Author

Advertisement