बाइकसहित एकजना युवकलाई पक्राउ

IMG_20220614_221336.jpg

सिलगढी: लगभग ४ महीनापछि प्रधान नगर थाना पुलिसले चोरी गरेको बाइकसहित एकजना युवकलाई पक्राउ गरेको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। पक्राउ परेका युवक उमेश कुमार यादवको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत फरवरी महीनामा दक्षिण पलास इलाकाबाट एकजना व्यक्तिको बाइक चोरी भएपछि तिनले प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गोप्य सूचनाको आधारमा दक्षिण पलास इलाकामा अभियान चलाएर चोरी भएको लगभग ४ महिनापछि बाइक सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।

About Author

Advertisement