बांग्लादेशको राजधानी ढाकामा आगो लाग्दा ४४ जनाको मृत्यु

building_fire_AFP.jpg

ढाका: बांग्लादेशको राजधानी ढाकामा बिहिवार अबेर राति आगो लाग्दा कम्तिमा ४४ जनाको मृत्यु भएको छ। यस घटनामा धेरै मानिसहरू घाइते भएका छन् भने धेरै जनाको स्थिति गम्भीर छ।मृतकहरूको संख्या बढ्ने आशंका छ। घाइते मानिसहरूलाई ढाका मेडिकल कलेज अस्पतालमा भर्ती गरिएको छ। स्वास्थ्य मन्त्री सामन्त लाल सेनले अस्पतालको भ्रमण गरेका छन्।
बांग्लादेशको प्रमुख समाचार पत्र ढाका ट्रिब्यून अनुसार, आगो राजधानी ढाकाको बेली रोडस्थित एउटा सात तले व्यावसायिक भवनमा लागेको हो। आगोको चपेटमा परेर छवटा रेस्टुरेन्ट, गेजेट, गियर र इलेक्ट्रोनिक्स ब्राण्ड स्यामसङको आउटलेट, एलीन नामक लुगाको शोरूम आदि जलेर खरानी भएका छन्।प्रत्यक्षदर्शीहरू अनुसार, आगो तल्लो तलाबाट शुरू भयो र आगो फैलिएर माथिल्लो तलाहरूलाई पनि आफ्नो चपेटमा लियो।स्वास्थ्य मन्त्री सेनले राति मिडियालाई भने, ३३ जनाको लाश ढाका मेडिकल कलेज अस्पतालमा राखिएको छ। १० अन्यको मृत्यु शेख हसीना नेशनल इन्स्टीट्यूट अफ् बर्न एण्ड प्लास्टिक सर्जरीमा भयो। घाइते एक व्यक्तिको सेण्ट्रल पुलिस हस्पिटलमा मृत्यु भयो। उनले मृतकहरूको सख्या अझ बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।दमकल विभाग अनुसार, अधिकांश मानिसहरूको मृत्यु भवनबाट हाम फल्दा, जलेर अथवा निसासिएर भएको छ। राति लगभग १२.३० बजी आगोलाई निययन्त्रित गरियो। यस भवनमा फसेका ७० भन्दा धेरै मानिसहरूलाई सुरक्षित निकालिएको छ।

About Author

Advertisement