झापा: झापाको कनकाईमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कनकाई नगरपालिका वडा नं.४ कोट्टिहोम नजिकै पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व आउँदै गरेको प्रदेश १–०१ – ००१ ख २४२३ नं.को बस र पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको को१९प६३८२ नम्बरको बुलेट मोटरसाइकल दुर्घटना हुँदा कमल गाँउपालिका– ५ का ४१ वर्षीय लक्ष्मी प्रसाद सुब्बाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक सुब्बाको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारको क्रममा सोमबार बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।









